भोजपुरमा रुखबाट लड्दा एक जना गम्भिर घाइते


भोजपुर, १८ जेठ ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका –५ पिछुवामा रुखबाट लडेर एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुधिलो घाँस काट्न रुख चडेका स्थानिय मिलन राईका १५ वर्षीय छोरा सुजन राई घाइते भएका हुन् । घाइते राईको स्थानिय स्वास्थ्य चौकीमा वोल्न नसक्ने अवस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि खादवारी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना शुक्रवार विहान ६ वजे तिर भएको भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार