इटहरीबाट तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बु पक्राउ


काठमाडौं, १८ जेठ । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ ।

घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बताए ।

यसअघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तगरत म्याद थप गरेर अनुसन्धान जारी छ । उनको रिहाइको माग गर्दै नेपाली कांग्रेस र तरुण दलले आन्दोलन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार