मालपोतका कर्मचारी २५ हजार घुससहित पक्राउ


चितवन १७ जेठ। जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार