जंगली च्याउले तीनजना गम्भीर बिरामी


विराटनगर । मोरङको लेटाङ नगरपालिका–६ लाखबारीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाएर स्थानीय ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी मगर र बुहारी ३० वर्षीया सुकमाया मगर गम्भीर बिरामी भएको प्रहरीले जनाएको छ । तीनैजनाको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार