भोेजपुर, १४ जेठ ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं– २ छिनामखुको वडा परिषद सम्पन्न भएको छ ।
वडा परिषदले आगमी आर्थिक वर्ष २०७५/७६ को लागि ३० वरावरको योजना तथा कार्यक्रम तयार गरेको छ । परिषदले सडकमा ९ लाख कार्यालय भवन व्यावस्थापनमा ३ लाख र अन्य विविधि कार्यक्रममा गरि ३० लाख वरावरको १४ ओटा कार्यक्रम तयार गरेको हो ।
त्यस्तै वडा कार्यालयबाट सञ्चालन हुन असम्भव देखिएका ११ ओटा योजनाहरु भने गाउँपालिकामा पठाउन निर्णय गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रम वडा अध्यक्ष रत्नराज राईको अध्यक्षतामा सम्पन्न भएको हो ।