भोजपुरमा विष सेवन गर्दा २१ वर्षीय युवती घाइते


भोजपुर, १३ जेठ ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ७ कोट दिप्सामा विष सेवन गर्दा एक युवती घाइते भएकी छिन् ।  स्थानिय उदय वहादुर राईकी २१ वर्षीय छोरी शाकिला राई घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते राई स्वाथ्य चौकी कोटमा सामन्य उपचार प्रश्चात थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीको भनाई छ । घाइते राइको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार