जिल्ला शिक्षा अधिकारी ५० हजार घुस सहित पक्राउ


इटहरी । सुनसरीको जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान इकाई कार्यलय इटहरीले ५० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

बुधवार विहान सुवदीलाई पक्राउ गरी अख्तियारको नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । शिक्षा क्षेत्रमा बढ्दो भष्ट्रचार नियन्त्रण गर्ने शिक्षा क्षेत्रलाई अख्तियारले विशेष ध्यान दिदै आएको छ ।

सुनसरीको कोशी गाउँपालिकाको भेन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस लिएको कारण पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख प्रदिप कोईरालाले वताए । उनले भने योजना पारिदिने भन्दै लामो समय देखि पैसा मागेको र उनीहरुले ५० हजार दिएका थिए हामीले पैसा सहित पक्राउ गरेका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार