भोजपुर ७ जेष्ठ
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङस्थित भालुखोला सामुदायिक वनमा बिरामी अवस्थामा भेटिएको रेडपान्डा उपचारका क्रममा सोमबार मरेको छ । सामुदायिक वनको तीनसाझे भन्ने ठाउँमा स्थानीय गणेश राईले बिरामी अवस्थामा रेडपान्डा भेट्टाएका थिए । बारीमा भेटिएको रेडपान्डा मान्छे देख्दा पनि नभागेपछि राईले त्यसलाई घर ल्याई सामुदायिक वनका अध्यक्ष दाजम्बु शेर्पालाई जानकारी गराएका थिए । अध्यक्ष शेर्पाले पनि इलाका वन कार्यालय दिङ्लालाई जानकारी दिएका थिए ।
बिरामी रेडपान्डाबारे जानकारी पाएपछि नगरपालिकाले उद्धारका लागि गाडी पठाएको थियो । गाडीबाट दिउँसो ११ बजे नगरपालिकाको कार्यालयमा उक्त रेडपान्डा ल्याइएको थियो ।
नगरपालिका ल्याइपु¥याउँदा नै रेडपान्डाको अवस्था गम्भीर भइसकेको नगर प्रमुख वीरबल राईले बताए । उपचार गर्ने क्रममा दुई घण्टापछि रेटपान्डा मरेको उनको भनाइ छ ।
मुत्यु भएको रेडपान्डाको सर्जिमिन गरी इलाका वन कार्यालयमा गाडिएको रेन्जर जसबहादुर गुरुङले बताए । षडानन्द नगरपालिकाको किमालुङ, कुदाककाउले, खार्तम्छाको लेकाली भेगमा रेडपान्डा देखिने गरेको स्थानीयले बताएको उपप्रमुख मेरिका राईले बताइन् ।