
काठमाडौं ४ जेठ । काठमाडौं शंखरापुर–५ का एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवतीलार्इ बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ परेका हुन् ।
एक होटलमा लगेर फकाएर जबरजस्तीकरणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।
पक्राउ परेका दंगालमाथि शुक्रबारबाट लागू हुने गरी आवश्यक अनुसन्धान अघि बढाइएको पाण्डेको भनाइ छ ।