इटहरीमा ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ


इटहरी । इटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका सञ्चालक विरुद्ध कारबाही सुरु गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले इटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी स्थित गणपति होटल लगायतका बिभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले इटहरीको नेशनल गल्लीमा रहेको गणपति होटल लगायत अन्य होटल तथा लजहरुबाट गणपति होटलका सञ्चालक राजकुमार सुबेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटाँडाका महेश कुँवरसहितलाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी आसपासका केही होटल तथा लजहरुमा सञ्चालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा तथा बेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

पेशेवर यौनकर्मी महिला र ग्राहकलाई मात्र पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा लगाउँदै आएको प्रहरीले अब सञ्चालकलाई नै कारबाहीको प्रक्रियामा लैजाने तयारी थालेको हो ।

पक्राउ परेका महिला एवं यूवतीहरु यसअघि पनि पटकपटक पक्राउ परेका ईलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु बिरुद्व सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको कार्कीले जनाउनुभयो । यौनकर्मी महिलालाई मात्र कारबाही गरेर यौनधन्दा कमी नहुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार