
भोजपुर, ४ जेष्ठ ।
नेपाल राहत शिक्षकसंघले भोजपुरका नौ ओटै स्थानिय तहमा ज्ञापन तथा ध्यानकर्षण पत्र वुझाएको छ । संघको केन्द्रिय सर्कुलर अनुसार आज जिल्लाका सवै स्थानिय तहमा ध्यानकर्षण पत्र वुझाएको हो ।
स्थानिय तहमा शिक्षक निमावली निर्माण गर्दा राहत शिक्षकको प्रतिनिधित्व गराउनु पर्ने, जिल्लामा हुने प्रत्येक कार्यक्रममा शिक्षकहरुका अन्य शिक्षक संगठन जस्तै सहभागी गराउनु पर्ने, नेपाल सरकारको अनुदानमा नियुक्त सवै प्रकारका शिक्षकहरुलाई सरुवा गरिनु पर्ने लगाएत ९ वुँदे माग सहित ध्यानकर्षण पत्र वुझाएको राहत शिक्षक संघको भोजपुरका सचिव वद्री विक्रम वुढाथोकीले जानकारी दिए ।
साथै उनले राहत शिक्षकले पनि शैक्षिक गुणस्तरको लागि महत्वपुर्ण काम गरिरहेकोले स्थायी शिक्षक सरहको सुविधासंगै सम्मान व्यवहारको माग गदै ज्ञापन तथा ध्यानकर्षण वुझाएको वताए ।