हुम्लाका लागि उडेको मकालु एयरलाइन्सको जहाज हरायो


सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ । बिहान करिब सवा ६ बजे उडेको जहाज सम्पर्क बिहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

तर २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएको मकालु एयरको काठमाण्डु कार्यालयले  जानकारी दिएको छ । थप अवस्था बुझ्न हेलिकोप्टर पठाइसकेको छ । प्रदेशनम्बर ६ का सबै जिल्लामा प्रहरी समेत खटाइएको छ । मकालु एयरका कर्मचारी उत्सब पाण्डेका अनुसार ९एन एजेयु कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए ।

क्याप्टेन किरण भट्टराई एयरलाईन्स क्याप्टेन फिजु नेपाली रहेको मकालु एयरले जानकारी दिएको छ । मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार