धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ स्थित् सल्लेरी वनभित्र रहेको ल्याण्डफिल्ड साईड नजिकै सनिवार राती एक स्थानिययुवाको मृत लास फेला परेका छन् ।
प्रहरीकाअनुसार सल्लेरी वनभित्र मृत अवस्थामा भेटिएको लास धनकुटा नगरपालिका वडा नं।४ वस्ने अन्दाजीवर्ष ३० का राजेश श्रेष्ठको भएको पुष्टि गरेको छ । उनको कसैले हत्या गरेर सल्लेरी वनभित्र रहेको ल्याण्डफिल्ड साईड नजिकै लगेर फ्याकिएको हुन सक्ने प्रहरी आशंका गरेको छ । घट्ना साँझ १० वजे रातीतिर घटेको हुन सक्ने प्रहरीले अनुमानलगाएको छ ।
घट्नमा संलग्नभएको आशंकामा धनकुटा नगरपलिाका वडा नं।४ बाट निज मृतकश्रेष्ठका भाई इश्वर श्रेष्ठ, भिनाजु अनिषश्रेष्ठ र धनकुटाको हिले घर भै धनकुटा ६ स्थित् होटल प्यासिफिकमाकामगर्ने रोशन मगरलाई सनिवार राती ३ वजे नै पक्राउ गरेको छ । रोशन मगर र अनिषश्रेष्ठ दुवै जनाहोटल प्यासिफिकमाकामगर्ने गरेको वताइएको छ ।
मृतककाआमालक्ष्मीश्रेष्ठका अनुसार छोरा राजेशले सनिवार साँझ७वजेतिर मादकपदार्थ खाएर मातेर कुट्न थाले पछि आफु भागेर छोरा इश्वर श्रेष्ठलाई खवर गरेको वताईन । छोराले मार्छु भन्दै चिल्पटले खेदाए पछि नगरपालिकाको क्याण्टिन तर्फ भागेर लुकेको आमालक्ष्मीले ब्लाष्टलाई वताईन । उनी केहीवेर पछि छोरा राजेशको आँखा छलेर घरमागएर सुतेको तर राती को को झगडा गरे, कस्ले राजेशलाई कुट्यो, कहाँ लगे केहीथाहानभएको वताईन ।
पक्राउ परेका अनिषश्रेष्ठकी पत्नी राजेशकावहिनीले पनि राती झगडा भएको थाहानपाएको वताईन । उनले आफ्नो श्रीमानअनिषश्रेष्ठ ट्याक्टर चलाउने गरेको र रातीकति खेर आएर कोठामा सुते थाहानभएको वताईन । उनले राती ३ वजे घरमा सुतिरहेको अवस्थामाश्रीमानअनिषलाई प्रहरीले पक्राउगर्न आउँदामात्रथाहापाएको वताइन । घट्ना राती १० वजे पछि भाई इश्वर श्रेष्ठ प्यासिफक होटलबाट घरमा आएपछि दाजु राजेशसंग झगडा हुन सक्ने प्रहरीले आशंका गरेको छ । आमालाई कुटेको विषयमादाजुभाई विच विवादहुँदा घट्ना घटेको हुन सक्ने पनिप्रहरीले शंका गरेको छ ।
घटनाको अनुशनधान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई घट्नाको विषयमा सनिवार राती १ वजे जानकारी आएको र राती नै प्रहरीले घटना घटेको स्थलको पहिचानगरिसके पछि घट्नाको आशंकामा मृतकको भाई इश्वर, ज्वाँई अनिष र भाईको साथी रोशन मगरलाई पक्राउगरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घट्ना सल्लेरी वनभित्रनभै अन्यत्रै घटाएर ल्याण्डफिल्ड साईड नजिकैको सल्लेरी जंगलमा लगेर लास फ्याकिएको हुन सक्ने जनाएको छ ।