जिल्ला वन कार्यालय भोजपुरको योजना तर्जुमा गोष्ठी सम्पन्न


भोजपुर, २७ वैसाख ।
जिल्ला वन कार्यालय भोजपुरले आर्थिक वर्ष ७५/ ७६ का लागि वन व्यवस्थापन तथा विकास सम्बन्धी जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठी मार्फत इलाका स्तरका सामुदायिक वन उपभोत्ता समितिले माग गरेका तथा राष्ट्रिय रुपमा आवश्यक ठानिएका कार्यक्रमको विषयमा योजना तर्जुमा गरिएको हो ।

आर्थीक वर्ष ७५/ ७६ का लागि बजेट प्राप्त नभए पनि क्षेत्रीय स्तरको योजना तर्जुमा गोष्ठिमा छलफल गरी बजेट तथा कार्यक्रमको अन्तिम रुप दिने जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार