भोजपुरमा कुटपीटबाट दुई घाइते


भोजपुर,२४ वैसाख ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकामा सामान्य विवादमा झगडा हुँदा एक जना घाइते भएका छन् ।

सोही गाउँपालिकाको वडा नं -५ खावामा चुलो पुज्ने विषयमा आइतवार राती सामान्य विवाद हुँदा स्थानिय ३९ वर्षीय रमिला राईले ३६ वर्षीय एवि राईलाई टाउकोमा फलामको चिम्टा प्रहार गरेकी हुन् ।

घाईतेको राईको स्थानिय स्वास्थ्य चौकी कोटमा उपचार गरिएको छ, भने चिम्टा प्रहार गर्ने रमिलालाई मेडीकल गरी प्रहरी चौकी कोटको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै भोजपुर नगरपालिका -६ देउरालीमा श्रीमतीको कुटाईबाट एक जना घाइते भएका छन् । आफ्नै ४५ वर्षीय श्रीमती सम्झना राईले चिरपट दाउराले टाउकोमा हिर्काउदा स्थानिय ४३ वर्षीय कवीराज राई घाइते भएको प्रहरीले जनाएको छ । घरयासी सामान्य विवाद सम्झनाले दाउराले हानेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार