भोजपुरमा पक्राउ परेका ४ व्यावसायीको रिहाईको माग गर्दै विज्ञप्ती


भोजपुर, २२ वैसाख ।
यातयात वन्द गराएको आरोपामा पक्राउ परेकाहरुलाई विना सर्त रिहाइको माग गर्दै संयुक्त बस व्यावसायीसंघ र सगरमाथा ट्याक्सी व्यावुसायी संघ भोजपुरले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।देश भर संगै भोजपुरमा पक्राउ परेका संयुक्त वस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई र सगरमाथा ट्याक्सी व्यावसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङ्गलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ती जारी गरिएको हो ।

देशभर सञ्चालित सार्वजानिक सवारी साधनलाई शान्तिपुर्ण रुपमा आफनो घर, ग्यारेजमा थन्काउन पाउने अधिकारीको कुण्ठीत गर्दै ४ जनालाई हिरासतमा राखिएको विषयमा गम्भिर ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त वस व्यावसायी संघका सल्लाहकार सदस्य मेघराज तामाङ्ग र सगरमाथा ट्याक्सी व्यावसायी संघका सचिव योगेन्द्र थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, शान्ती पुर्ण रुपमा व्यतिmगत सम्पतीलाई ग्यारेजमा थन्काउन, राख्न पाउने आफ्नो नैसर्गिक अधिकारको हनन् भएको ठहर गर्दै यातयात व्यावसायी भोजपुरका पदाधिकारीहरुलाई साथै देशभरी नियन्त्रणमा लिएका यातयात व्यावसायीहरुलाई विना सर्त चाडो भन्दा चाँडो रिहाईको माग गर्दछौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार