
भोजपुुर २२ बैशाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका -३ बस्ने एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन । स्थानिय हर्क बहादुर राईका छोरा २७ बर्षीय खगेन्द्र राई शुक्रबार भोजपुर नगरपालिका -३ दावाँ दिदीको घरबाट फर्कने क्रममा टेम्केमैयुङ -३ स्थित आम्वोटे भिरबाट लड्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
राईको टाउको, आँखा, चिउडोमा चोट लागेको र स्वास्थ्य चौकी अन्नपुर्णमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । राई भिरबाट करिव एक सय ५० मिटर तल खसेका थिए ।