जाजारकोट,२१ वैसाख ।
गोरुले हान्दा एक जनाको ज्यान गएको छ ।
आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको हो ।
आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बास्तोलाले जानकारी दिए । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको वमस्तोलााको भनाई छ ।