भोजपुरमा पाँच दिन देखि एक महिला बेपत्ता


भोजपुर २० बैशाख । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडानम्वर -४ दलगाँउबाट एक महिला बेपत्ता भएकी छिन् । स्थानिय तिर्थ दर्जीकी ४६ बर्षीय श्रीमती देवि दर्जी गत बैशाख १६ गते देखि बेपत्ता भएको उनका श्रीमान तिर्थ दर्जीले बताए ।

बेलुका खाना खाएर सुतेकी श्रीमती विहान उठ्दा नभए पछि सवै तिर खोजतालस गर्दा कतै नभेपटिएकोले प्रहरीलाई समेत उजुरी दिएको उनको भनाई छ ।

बेपत्ता दर्जीले  निलो रङको कुर्तासुरुवाल र इभा चप्पल लगाएको उनका श्रीमानले जानकारी दिए । कै- कसैले भट्नु भएमा   खवर गरिदिन समेत दर्जीले आग्रह गरेका छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार