
भोजपुर,१९ वैसाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका –७ मा मर्न लागेका एक व्यक्तिलाई श्रीमतीले वचाएकी छिन् । झुन्डिएर आत्माहत्या गर्न लागेका स्थानिय ६० वर्षीय चन्द्र वहादुर मिजारलाई श्रीमतीले डोरी काटेर वचाएकी हुन् ।
सोमवार उनकी श्रीमती गीता मिजार डोरीको पासो लगाई घर मुनी झुण्डिएको अवस्थामा देखेपछि डोरी फुकाली वचाएको प्रहरीको भनाई छ । घाइते मिजारको स्थानिय स्वास्थ्य चौकी कोटमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।