भोजपुर, १७ वैसाख ।
जनताले आशा गरेका थिए, स्थानिय तहमा जनप्रतिधि आए पछि सेवा प्रवाहमा सहज हुन्छ । साथै सरकारले भने झै गाउँगाउँमा सिंह दरवारको सेवा पाईन्छ । तर कतिपय स्थानिय तहका जनप्रतिनिधिले यसको ठिक विपरित काम पनि गरिरहेका छन् । धेरै जनप्रतिनिधिले राम्रो काम गरिरहेका छन् भने कतिपयले वद्मासी पनि गरिहेको छन् । हाम्रा जनप्रतिनिधि यस्ता पनि छन जसले आफुलाई भोट नहालेको भन्ने आधारमा पनि आफ्नो पदको दुरुपयोग गरिरहेका छन् । यस्तै व्यवहार देखाएका छन्, भोजपुर नगरपालिका –४ शिद्धेश्वरका वडा अध्यक्ष प्रेम वहादुर भण्डारीले ।
अध्यक्ष भण्डारीले एक स्थानियलाई आफूलाई निर्वाचनका वेला असहयोग गरेको तथा आफ्नो कुराकाट्दै हिडेको भन्दै सिफरिस नदिएको स्थानिय युवराज राउतले गुनासो गरेका छन् । राउतले आफ्नो वारीको उतिसको रुख विक्री गर्नको लागि वडा कार्यालय गएर निवेदन दिए । सिफारिस वापतको तीन सय ७५ रुपैया राजस्व पनि वुझाए । वडा सचिवले राजस्व वापतको रसिद पनि दिए । अनि वडा अध्यक्ष भण्डारीको कार्यकक्ष गएपछि भण्डारीले सिफारिसमा हस्ताक्षर नगर्ने न्याय खोज्न जहा गए पनि हुन्छ भन्ने धम्की दिएको राउतको भनाई छ । वडा कार्यालयमा सेवा लिन गएका राउत भन्छन्‘ मलाई वडा अध्यक्ष भण्डारीले राजनैतिक आधारमा सिफारिस दिनु भएन् । उहाँले मलाई न्याय खोज्न जहा गए पनि हुन्छ, तर म हस्ताक्षर गर्दिन भने पछि म घर फर्के ।’
‘निर्वाचनको वेला असहयोग गरेको भन्दै वडा अध्यक्षले म माथी विभिन्न आरोप लाउदै आउनु भएको छ । यसै विषयले उहाँले मलाई सिफारिस नदिनु भएको हो, अन्य कारण छैन’ उनले भने ।
यता वडा अध्यक्ष भण्डारीले भने राउतले आफनो वारेमा नराम्रो कुरा गरेकोले माफी नमागे सम्म सिफारिस नगर्ने वताए । उनले भने ‘उसले मेरो वारेमा नराम्रो कुरा गर्दै हिडेछ माफी माग्यो भने सिफारिस दिन कुनै गाह्रो छैन् ।’ उनले आफ्नो कार्यालयमा सिफारिसको लागि भनेर राउतले निवेदन समेत नदिएको वताए । मेरो कार्यालयमा सिफारिस आएको छैन् र मलाई यस वारेमा कुनै जानकारी छैन’ उनले भने ।
निवेदन नआई वडा सचिवले कसरी सिफारिसको खाका तयार गरेर राजस्व सम्म कटाए त ? भन्ने खवरसंसारको जिज्ञासामा यस वारे आफुलाई थाहा नभएको भण्डारीले जवाफ दिए । उनले भने ‘मैले कसैलाई पनि राजनैतिक आधारमा भेदभाव गरेको छैन ।’