भोजपुरको अरुण गाउँपालिकामा रुखबाट लडेर वृद्धाको मृत्यु


भोजपुर १४ बैशाख ।
भोजपुरको अरुण गाउँपालिका वडा नं. –३ मा एक बृद्धाको मृत्यु भएको छ । स्थानिय ७२ वर्षिय रत्न बहादुर भुजेलको विहिवार साँझ बाँसको घाँस काट्ने क्रममा रुखबाट लडि मृत्यु भएको प्रहरीको भनाई छ ।

लडेर गम्भीर घाइते भएका भुजेलको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा उपचारको क्रममा लैजादै गर्दा वाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

भुजेल वाँसबाट करिव ३०/३५ मिटर तल झरेको प्रहरीको भनाई छ । मृतकको सवलाई आवश्यक प्रक्रिया पुरागरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार