यस कारण भोजपुरको मुख्य वजारमा नखुल्ने भयो ‘समता स्कुल’


भोजपुर, १३ बैशाख ।एक हप्तापछि भोजपुरमा पनि समता स्कुल सञ्चालनमा आउने भएकोे छ । भोजपुर नगरपालिकाले वजार क्षेत्रमा सञ्चालन गर्नु अनुमति नदिए पछि भोजपुरको पोखरेमा विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको विद्यालयका सस्थापक उत्तम संजेलले जानकारी दिए ।उक्त विद्यालयले नर्सरी, यूकेजी एल केजी र कक्षा एक सम्म भर्ना लिने जनाइएको छ । अहिले निजी घरलाई भाडा लिएर विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । भोजपुरमा यस अघि नै सञ्चालनमा ल्याउने कोशिस गरिए पनि भोजपुर नगरपालिकाले आवश्यक प्रक्रिया पुरा नभएको भने पछि, सञ्चालन आउन सकेको थिएन ।

नगरपालिकाले सहजरुपमा विद्यालय सञ्चालन गर्न अनुमति नदिए पछि सोको व्यावस्थापन गर्न सस्थापन उक्तम सञ्जेल र विद्यालयका संरक्षक हास्य कलाकार हरिवंश आचर्य नै भोजपुर आएका हुन । प्याव्सनले दवाव दिएको भन्दै भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले पोखरेमा मात्र स्वीकृत नदिएको सस्थापक सञ्जलेको भनाई छ ।

यस अघि मेयरको दवावमा वजार क्षेत्रमा विद्यालय सम्वन्धी राखिएको पोष्टर तथा व्यानर समेत प्रहरीले हटाएको थियो । यस विद्यालयले मासिक एक सय रुपैयामा नै अग्रेजी माध्यमबाट अध्यायन अध्यापन गराउदै आएको छ । यो विद्यालय सञ्चालनमा आएमा अन्य निजी विद्यालयमा विद्यार्थी संख्या घट्ने भए पछि केहि सरोकारवाला त्रसित वनेको सञ्चालको भनाई छ । भोजपुर जिल्ला स्थापना हुन लागेको यो विद्यालय ७५ औ विद्यालय रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार