घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धको मृत्यु


गुल्मी, १२ वैशाख । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले वताए ।

सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ ।

सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार