
भोजपुर, ११ वैसाख ।
नेपाल शिक्षक महासंघ भोजपुरले शिक्षक माथी सांङ्घातिक आक्रमण तथा गाली वेइजती भएको भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ ।
पौवादुङ्मा गाउँपालिका – ३ च्याङ्ग्रको पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा महासंघका पौवादुङ्मा गापा स्थानिय समिति उपाध्यक्ष रामकुमार राई माथी सोमवार स्थानिय व्यापारी वद्रि कुमार श्रेष्ठले आफ्ना पसलमा वोलाई आक्रमण तथा हातपात र गाली वेइजती गरेको घटना प्रति भत्र्सना गर्दै विज्ञप्ती जारी गरेको हो ।
कक्षा १२ को वैसाख १४ गतेबाट सञ्चालन हुन लागेको परिक्षाको केन्द्राअध्यक्ष समेत रहेका राईलाई दिनदहाडै ज्यान मार्ने उदेश्यले नियोजित रुपमा घटाइएको घटनाका दोषीलाई कानुनी कारवाहीको लागि विज्ञप्ती मार्फत माग गरिएको छ । यदि कारवाही नगरिएमा नेपाल शिक्षक महासंघ भोजपुर कडा आन्दोलनमा जाने विज्ञप्तीम उल्लेख छ ।
नेपाल शिक्षक महासंघका भोजपुरका अध्यक्ष तीर्थ कुमार राई र सचिव हरिप्रसाद गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ विद्यालयको जिम्मेवार प्रधानाध्यापक तथा परिक्षा केन्द्राध्यक्ष जस्ता जिम्मेवार व्यक्ति माथि यसरी दिनदहाडै ज्यान मार्ने उद्धेश्यले घटाइएको उक्त नियोजित घटना घटाउने दोषी निज वद्री कुमार श्रेष्ठ र वोलाएर ल्याउने उनका एकाघरका भाई राजकुमार श्रेष्ठलाई तत्काल प्रचलित कानूनी कारवाही गर्न सम्वन्धित निकायमा विशेष आग्रह गरिन्छ ।’