बस र ट्रक ठोक्किए, १ को मृत्यु, २३ जना घाइते


११ वैशाख। जिल्लाको इच्छाकामना गाउँपालिका–५, स्यालीबजारमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्वरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनापरी बसका सहचालक मकवानपुर धियालका ४४ वर्षीय चन्द्रबहादुर धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस र ट्रकका चालक दुवै घाइते छन् । घाइतेहरुको भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार