खोटाङ्गमा जनप्रतिनिधि माथी हातपात


खोटाङ, ९ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिमाथि हातपात भएको छ । गाउँपालिकाको कार्यालय सार्न लागिएको भन्दै गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख गोमा मगर, वडाध्यक्ष एबं कार्यपालिका सदस्यमाथि हातपात भएको हो ।

हालसम्म अस्थायीरुपमा बराहपोखरी गाउँपालिका–३ साउनेचौंरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालयलाई यथास्थानमा राख्नुपर्ने पक्षमा दवाव सिर्जना गर्नका लागि साउनेचौंरका स्थानीयले गाउँ कार्यपालिकाको बैठक चलिरहेकै समयमा उनिहरुमाथी हातपात गरेका हुन् ।

स्थायी केन्द्र तोकिएको बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा गाउँपालिकाको भवन निर्माणका लागि प्राप्त भएको जग्गा पास गर्नका लागि सिफारिस दिने लगायतका निर्णयका लागि शनिबार बसेको कार्यपालिकाको सदनमै आक्रमण प्रयास भएको उपप्रमुख गोमा मगरले बताईन् ।

स्थानीयले जनप्रतिनिधिमाथि हातपात गर्न थालेपछि कार्यपालिका बैठक बिथोलिएको छ । समस्य समाधानका बिषयमा आईतबार छलफल राखिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । ‘असन्तुष्ट पक्षले बैठक कक्ष प्रवेश गरेर कुर्सी फालिदिए, हातपात गरे,’ गाउँपालिका प्रमुख बञ्जराले भने, ‘बाघखोरमा प्राप्त भएको जग्गा पास गर्नका लागि सिफारिस दिनबाट रोक्नका लागि हामीमाथि आक्रमण गरेको बुझिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार