भोजपुर ७ वैशाख ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा दुई दिने एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविर मार्फत नागरिकता, अपाङगता परिचय पत्र वितरणसंगै अन्य कार्यालयहरुले विविध सेवा दिएका छन् ।
शिविर मार्फत आज १ सय १० जनालाई नागरिकता ९ जनालाई अपाङ्गता परिचय पत्र वितरणसंगै जिल्ला स्वास्थ्य कार्यालय मार्फत १ सय ३ र जिल्ला आयुर्वेद कार्यालय तर्फ मार्फत ३२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै जिल्ला वन कार्यालयले करिव ९ सय र भुसंरक्षण कार्यालयले ६ सय ५० ओटा फलफुल तथा अन्य विभिन्न जातको विरुवा वितरण गरेको छ ।
त्यस्तैगरी वन कार्यालयले १ सय ५० थान वन सम्वन्धी पुस्तक र ५ सय ओटा पम्प्लेट वितरण गरेको छ । त्यस्तैगरी पशुसेवा कार्यालयको तर्फबाट १ सय २५ जनाले परामर्श लिएका छन् ।
शिविरमा स्थानियसंगै , प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाल, गाउँपालिका अध्यक्ष किरण राई, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, अनुसन्धान अधिकृत नारायण आचार्य, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पंजियार थारु, ससस्त्र प्रहरीवल टक्सार गुल्मका प्रमुख सूर्य प्रसाद तिमल्सेना, जिल्ला भु संरक्षण कार्यायका प्रमुख संजय कुमार मिश्र, लगाएत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी उपस्थिति रहेको थियो । शिविर (भोली) वैशाख आठ गते सम्म सञ्चालन हुने छ ।