मोरडको गछिया पुलमा बम , डिस्पोजल टोली नपुग्दा स्थानियहरू आक्रोशित


मोरड,४ वैसाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरडको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा शंकास्पद बस्तु फेला परेपछि बम रहेको आशंकामा यातायात अबरुद्ध बनेको छ ।

बम रहेको हल्लाका कारण मंगलबार विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ ।

सो स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आईनसकेको र सो शंकास्पद बस्तु के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।डिस्पोजल टोली नपुग्दा स्थानियहरू आक्रोशित भएका छन् ।

विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएका कारण इटहरी देखि पुर्व ४ कि. मि. गोठगाउँ देखि पश्चिम ३ कि.मि. सडक जाम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार