
भीरबाट लडेर एक व्यक्ति मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९ ढुंगेधाराका खड्ग मगरको मृत्यु भएको हो । उनलाई जिल्ला अस्पताल खाँदबारीबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पु¥याइएको थियो ।
उपचारको क्रममा सोमबार मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ३५ वर्षिय मगर आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेको थिए ।