चार्जमा राखेको मोबाइल चलाउँदै गर्दा करेन्ट लागेर मृत्यु


संखुवासभा । संखुवासभा र ताप्लेजुङमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो। बेलुका ८;३० बेजेतिर उनकै मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ परी करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए।

उनलाई उपचारकोलागी स्थानिय स्वास्थय चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ। यस्तै ताप्लेजुङको आठराई गाउँपालिका(३ बस्ने ४५ बर्षिया सञ्चरानी मग्राती र भारत र भारत विहार राज्य सुपौल घर भइ हाल सोही ठाउँमा मजदुरी काम गर्ने १९ बर्षिय जागिर आलमसमेत करेन्ट लागेर घाइते भएका छन्।

उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ पश्चात थप उपचारकोलागी विएनसी अस्पताल विर्तामोड ल्याइएको छ। ताप्लेजुङकै मेरिङदेन गाउँपालिका(४ लिङतेप बस्ने ३४ बर्षिय तिलोक नाल्वो लिम्बु समेत करेन्ट लागेर घाइते भएका छन्। आफ्नै घरमा विधुत मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको हो। उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरेहको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार