इटहरीमा आफ्नै साथीको पेट्रोल छर्केर हत्या प्रयास


आफ्नै साथीको पेट्रोल छर्केर हत्या प्रयास इटहरी । सुनसरीको इटहरी ७ बज्राहमा एक युवालाई आफनै साथीहरुले हत्या प्रयास गरेका छन । शनिबार बिहान स्थानीय वासु राईलाई आफ्नै साथीहरुले पेट्रोल छर्केर हत्याको प्रयास गरेका हुन । शनिबार बिहान एक बजे इटहरी राजश्व ढाट नजिकै रहेको एक घरमा राईका तिन जना साथीले आगो लगाई हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

राति सँगै मादक पदार्थ सेवन गरेका तिन युवाले राईलाई पेट्रोल खन्याएर हत्या प्रयास भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले जानकारी दिएका छन । वसपार्क क्षेत्रमा गाडी लाईन तथा रंगरोगनमा काम गदै आएका तिन युवाले राईको हत्या प्रयास गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार