
भोजपुर,२२ चैत्र ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका –४ वास्तिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।
पानीसंगै परेको चट्याङ्गले स्थानिय खगेन्द्र घिमिरेकी ४० वर्षीय श्रीमती तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वुधवार साँझ ५ वजेको समय घरको आगनमा वसी रहेकी उनलाई चट्याङ्गले लागेको थियो ।
चट्याङ्गबाट टाउको र घाँटीमा चोट लागेको उनको वोल्न नसक्ने अवस्थामा स्थानिय स्वास्थ्य चौकी उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।