भोजपुर २१ चैत्र ।
हाम्रो गाउँघरको सामाजमा कतिपय मानिसले जातको आधारमा व्यावसायको वर्गिकरण गरिरहेका छन् । जसको कारण कतिपय आर्थिक उर्पाजनका हिसाव राम्रो हुने व्यावसाय सञ्चालन गर्न सकिरहेका छैनन् ।
तर यहि समाजमा यस्ता मानिस पनि वस्दछन् जसले समाजको कुनै प्रवाह नगरि विभिन्न व्यावसाय सञ्चालन गरेर निकै राम्रो आम्दानी गरिरहेका छन् । यस्तै एक व्यावसायी हुन् भोजपुरको दक्षिणी भेग आमचोक गाउँपालिका वडा नं –८ दुम्मानाका टेक वहादुर श्रेष्ठ ।
उनलाई वंगुर व्यावसाय सञ्चालन गर्न निकै मन लागेको थियो । र उनलाई यो पनि थाहा थियोकी यस व्यावसायबाट निकै राम्रो आम्दानी हुन्छ । तर उनले गाउँमा श्रेष्ठ समुदायले सुँगुर पाले अन्यले राम्रो नजरले नहेर्ने वानीले भने निकै समस्या परेको थियो । तर उनले स्थानियको व्यावहारलाई लत्याउदै वंगुर व्यावसाय सञ्चालन गरे । अहिले उनले सुँगुर व्यावसायबाट वार्षिक लाखौको आम्दानी गरिरहेको वताउछन् ।
उनि भन्छन्, ‘मैले शुरमा सुँगुर पालन व्यावसाय गछर्,ु भन्दा घर परिवारसंगै छरछिमेकीले निकै नराम्रो व्यावहार गरेका थिए । तर त्यस कुरालाई प्रवाह नगरि व्यावसायमा लागे अहिले राम्रो आम्दानी गरिहेको छु । शहर वजारमा जस्ले जे व्यावसाय गरे पनि प्रवाह हुँदैन तर गाउँ भने शुरुमा मलाई अलिक गाह्रो नै भको थियो ।’
तर अहिले समाजमा मेरो व्यावसाय हेरेर यस तर्फ लाग्ने साथीहरुको संख्या वढेको छ । मैले पनि आफूले जानेको कुरा सिकाउने गरेको छु । उनि लात्राङ्ग सामुदायिक संस्थाकासदस्य पनि हुन् । कृषि र मजदुरी पेशाबाट जिविकोपार्जन गर्दै आएका उनले आफ्नो आर्थिक अवस्थाको कारण कुनै ब्यवसाय गर्ने आँट गरेका थिएनन् ।
तर गरिवी निवारण कोषको सहयोगमा सामूहिक अभियान भोजपुरको सहजीकरणमा गाँउ वस्तीमा विपन्नहरुसँग कार्यक्रमको बारेमा छलफल र सल्लाह हुदै गएपछि लात्राङ्ग टोल वस्तीमा रहेका विपन्न घरधुरीहरु संगठित भएर काम गर्ने निधो गरि उनी पनि सो समूहका सदस्य भएका थिए ।
नियमित बचत र समय वचत र दानका गतिविधीमा समूह सकृय हुदै गयो । गाँउ घरको चलन र संस्कृति अनुसार नेवारहरुले वंगुर पाल्ने चलन नरहेको तर यसबाट फाईदा गर्न सकिने थाहा पाए पछि उनी घुम्तीकोष अन्तर्गत ऋण लिई जोखिम मोलेर वंगुर पाल्न थाले ।
‘उनी भन्छन् शुरुमा असहज भयो अरुले के के भने तर वंगुर पाल्दा नराम्रो केही पनि नहुदो रहेछ त्यसैले अवको दिनमा यही बंगुर पेशालाई विस्तार गर्दै जाने सोचेको छु ।’ वास्तवमा चाह गरेको ब्यवसाय गर्दा ब्यवसाय सफल हुने रहेछ भन्ने वारेमा उनि उदाहरणीय व्याक्ति वनेको स्थानिय वताउ छन् ।
शहरी क्षेत्रमा विभिन्न खाले पेशामा लाग्नेको संख्या वढी रहेको भए पनि ग्रामिण भेगमा भने जातको आधारमा पनि पेशाको वर्गीकरण भइरहेको जानकारहरु वताउछन् । तर पेशामा लाग्नेको लागि कुनै पनि मानिसले हिनतावोध हटाउन सके जुनसुकै पेशाबाट पनि राम्रो आम्दानी गर्न सकिने उनिहरुको भनाई छ ।
घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका अनुसार करिव २ सय वढी कृषकहरुले विभिन्न फर्म दर्ता गरेर व्यावसाय सञ्चालन गरिहेका छन् । यसरी वंगुर पालन, खुकुरा पालन, वाख्रा पालन, तरकारी खेती लगाएत व्यावसायमा लागेका हरुलाई कार्यालयले पनि विभिन्न खाले सहयोग गरिरहेको कार्यालय प्रमुख चेतनाथ गौतमले जानकारी दिए ।