श्रीमान विदेशमा भएकी महिलालाई गर्भवती बनाएको आरोपमा वडा सदस्य पक्राउ


फिदिम । श्रीमान विदेश रहेकी एक महिलालाई करणी गरेको आरोपमा पाँचथरका वडा सदस्य पक्राउ परेका छन् ।छिमेकी महिलालाई गर्भवती बनाएको आरोपमा वडा सदस्य कमल गुरुङ पक्राउ परेका हुन् ।अनुसन्धानका क्रममा महिलाको पेटमा तीन महिनाको गर्भ रहेको खुलेको बताइएको छ ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधिसहितले गाउँमै मिलाउन खोज्दा गुरुङले ती महिलासँग आफूले शारीरिक सम्पर्क गरेको अस्वीकार गरेपछि घटना प्रहरीसम्म पुगेको हो ।गुरुङविरुद्ध शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको छ ।

प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि आफूले शारीरिक सम्पर्क राखेको स्वीकार गरेको बताइएको छ ।महिलाका श्रीमान वैदेशिक रोजगारीको क्रममा दुई बर्षदेखि मलेसियामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार