भोजपुर,१६ चैत्र ।
भोजपुरमा पनि भुकम्प प्रतिरोधात्मक घर बनाउन प्रयोग गरिने जापानी प्रविधिको ‘ईन्टरलकिङ ब्रीक्स’ अर्थात सिमेन्टको इँटा बनाउन सुरु गरिएको छ ।
भोजपुर नगरपालिका वडा नं – १२, मालबाँसेका खेचराज सुवेदीले भुकम्प प्रतिरोधात्मक घरका लागि उक्त अत्याधुनिक प्रविधीको ईटा बनाईरहेका छन् । भोजपुर जिल्लाका लागि विल्कुलै नयाँ प्रविधीको सो ईटाबाट घर बनाउँदा भुकम्प आउँदा पनि सुरक्षाको प्रत्याभूती गर्न सकिने उनी सुनाउँछन् । जिल्लामा यस्तो खालको इँटा वन्न थालेपछि अव वाहिरी जिल्लाबाट निर्माण सामग्री ल्याउनु पर्ने समस्या केहि हद सम्म कम हुने व्यावसायीहरु वताउछन् ।
‘अन्यभन्दा धेरै प्रतिशत भुकम्पबाट सुरक्षा पुग्ने भएकोले यो नयाँ प्रविधीको ईटा भोजपुर जिल्लाका लागि पनि विल्कुलै नयाँ प्रविधी हो ।’
उनले भने, ‘भोजपुरमा सुरुवात मैले गरेको छु र यसको विस्तार गर्ने सोचमा पनि छौँ ।’ स्थानिस्तरमा उपलब्ध हुने माटो, पानी, बालुवा, सिमेन्टलाई ईन्टरलकिङ मेशिनमा राखी उक्त जापानी प्रविधीको ईटा तयार गरिन्छ ।
सामान्य भुकम्पले कुनै क्षति नपु¥याउने जापान, थाईल्याण्ड हुँदै नेपाल भित्रीएको उक्त प्रविधिको ईटाको बिचमा फलामे रड र सिमेन्टको घोला राखेर पर्खाल लगाईने हुँदा दरिलो र भरपर्दो हुने भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने दक्ष प्राविधिक तथा ईन्जिनियरहरुले प्रमाणित गरेका छन् । ईन्टरलकिङ मेशिनमा कच्चा पदार्थको उपयोगबिना नै उक्त तयार गरिएको ईँटा घर निर्माणका लागि ढुवानी गर्दा प्रति ईँटा बराबर ३५/३६ रुपैँया मूल्य पर्ने उनले बताए । दयाको हात नेपालकोसंग सहकार्यमा इँटा निर्माण भईरहेको सञ्चालनको भनाई छ ।
०७२ सालको महाभुकम्पमा जिल्लाभर आशिंक र पूर्णगरी कुल १० हजार चार सय २६ घरहरु भत्किएर, चर्किएर बस्नै नहुनेगरि पूर्ण रुपमा क्षती पुगेको थियो । भोजपुरमा गत चैत २९ गतेबाट भुकम्प पुर्नः निर्माण प्राधिकरणले ९ वटै स्थानिय निकायमा रहेका भुकम्पपिडीतको लगत संकलन गरी भुकम्प प्रतिरोधी नीजी आवास पुर्नः निर्माणका लागि अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण सुरु गरेको थियो ।