श्रीमान मलेशियामा, आमा र छोरी मिलेर ससुराको हत्या


आमा र छोरी मिलेर ससुराको हत्या गरेका छन् । मकवानपुर, बकैया गाउँपालिका वडा नम्बर ७ मा आन्तरिक विवाद हुँदा आफ्नै बुहारीले छोरीसँग मिलेर ससुराको हत्या गरेका हुन् ।

३६ वर्षीया ठूलीमाया स्याङतानले धारिलो हतियार प्रहार गरेर ५६ वर्षीय सूर्यबहादुर स्याङतानलाई सुतिरहेको बेला हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् एसपी विकास खनालले जानकारी दिए । सूर्यबहादुरको हत्यामा ठूलीमायाकी १४ वर्षीया छोरी मनिता स्याङतानले समेत साथ दिएकी थिइन् ।

हत्या अभियोगमा प्रहरीले आमा र छोरी दुबैलाई पक्राउ गरेको छ । घरायसी विवादमा आमा र छोरी मिलेर सूर्यबहादुर स्याङतानलाई हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी खनालले बताए । ठूलीमायाका श्रीमान बिगत ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् ।

‘ठूलीमायाले लगाएको कपडामा चक्कु प्रयोग गरी हत्या गर्दा रगत लागेकोले उक्त कपडा पोको पारी घरभित्र लुकाई राखेको अवस्थामा भेटिएको छ’, एसपी खनालले बताए ।

प्रहरीले पक्राउ परेका आमा र छोरीलाई मकवानपुर जिल्ला अदातलले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार