जेठाजु र बुहारीलाई वडा कार्यालयमै निर्घात कुटपिट


लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो, एक युवकले लठ्ठीले कुटपिट गरे

महोत्तरी ( अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् ।

सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल ९नाम परिवर्तन० र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता ९नाम परिवर्तन० लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए ।

हातखुट्टा बाँधेर कार्यालयको बैठकमा बन्द गरी कुटपिट गरेको स्थानीयको भनाइ छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ ।

कोठामा बाबुलाललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो । गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लठ्ठीले कुटपिट गरे ।

लठ्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन ।

कोठामा कुर्सीमा बसेका पाँच सातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पञ्चायतमा वडाध्यक्ष यादवले अनितालाई आफैले समेत कुटपिट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार