ससुराको हत्या आरोपमा बुहारी पक्राउ


१३ चैत, । पूर्वी मकवानपुरको बकैया गाउँपालिका(७ का ५६ वर्षीय सूर्यबहादुर स्याङ्तानको घाँटी रेटेर हत्या भएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा सूर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

हात्तिसुडे प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेका अनुसार मृतक सूर्यबहादुरको घाँटीमा धारिलो चक्कुले रेटेर हत्या गरिएको छ । हत्या आरोपमा पक्राउ परेकाहरुसँग प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिए । मृतक सूर्यबहादुरका ५ जना छोरा छन् ।

उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा र अन्य ३ जना काठमाडौंमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार