भोजपुरमा साथीको कुटाईबाट गयो नर बहादुरको ज्यान


भोजपुर ९ चैत्र ।

भोजपुरको अरुण गाँउपालिका वडा नम्वर ४ चरम्बीका नर बहादुर लुंगेली मगरको साथीको कुटाईबाट मृत्यु भएको छ ।

स्थानिय लाल बहादुर भनिने प्रेम बहादुर तामाङ संग समान्य विबाद हुँदा तामाङको कुटाई बाट ५६ वर्षिय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कुटपिट पछि घाईते भएका मगरको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

अभियुत्त प्रेम बहादुर तामाङलाई भने विहिवार नै कर्तव्य ज्यान मुद्धामा पुरपक्षको लागि कारागार चलान गरिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार