लहान ५ चैत्र। नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार सिरहाको कल्याणपुरनगरपालिकाका लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेकाहरूसँग २० हजार घुस लिएको अख्तियारको टोलीले जानकारी दिएको छ ।
नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत वडा सचिबसँग २० हजार घूस मागेको प्रहरीले बताएको छ ।
चौधरीलाई घूस लिइरहेको अवस्थामा डेराबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।