भोजपुर,३० फागुन ।
भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा १६ वर्षिय युवती मृत फेला परेकी छिन् ।
वुधवार एक वजे आमचोक गाउँपालिका – ५ पावला वस्ने स्थानिय शम्भु राईकी श्रीमती प्रमिला राई झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफ्नै घरमा वलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा परिवारका सदस्यले फेला पारे पछि प्रहरीलाई खवर गरेका थिए ।
घटना पस्चात इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा गई आवश्यक अनुसन्धानसंगै कानुनी प्रक्रिया तयार गरिरहेको प्रहरीले जनाएको छ ।