भोजपुर क्याम्पसका नोदनाथ त्रितालद्धारा जन्मदिनको खर्च वचाएर सहयोग हस्तान्तरण..


भोजपुर, २८ फागुन ।
भोजपुर क्याम्पसका शाखा अधिकृत नोदनाथ त्रितालले जन्मदिनमा हुने खर्च सहयोग गरेका छन् । त्रितालले त्रिवि कर्मचारी संघ, क्याम्पस इकाइ समितिलाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैया सहयोग गरेका हुन् ।
आफ्नो श्रीमतिको जन्म दिनको अवसरमा हुने खर्चलाई कटौती गर्दै त्रितालले इकाई समितिलाई सहयोग गरेको वताएका छन् ।उनकी श्रीमती रीता भट्टराईको गत फागुन २४ गते जन्मदिन परेको थियो ।

क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारीहरुबीच जन्म दिन मनाउन, विवाह उत्सवको सन्दर्भमा, सरुवा हुने, सरुवा भई आउने जाने क्रममा सामुहिक रुपमा पार्टी खाने र खुवाउने परम्परा देखिको प्रचलन रहेकोमा खर्चमा मितव्ययिता अपनाउँदै परम्परालाई तोड्दै खर्च कटौती गरेर संस्थागत सहयोग गरेको त्रितालको भनाई छ ।

भोजपुर बहुमुखी क्याम्पसमा विगत २० महिनादेखि कार्यरत अधिकृत त्रितालको हालै त्रिवि केन्द्रिय कार्यालय, कीर्तिपुरमा सरुवा भएको छ । आफुले सरुवा भएपश्चात गर्ने खर्च समेत कटौती गरी क्याम्पसमा कार्यरत कर्मचारीहरुको छाता संगठन त्रिवि कर्मचारी संघलाई एकमुष्ठ सहयोग गरेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार