भोजपुर,२३ फागुन ।
एईई परिक्षाको परिक्षा केन्द्र रातरात परिवर्तन गरिएको भन्दै (भोली) विहिवारबाट भोजपुर – लेगुवा सडक खण्ड अनिश्चित कालको लागि वन्दको आह्वान गरिएको छ ।
पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाको राधकृष्ण माध्यमिक विद्यालय, विद्यालय व्यावस्थापन समिति, जनप्रतिनिधि ,राजनैतिक तथा स्थानियले, गत पौष ६ गते परिक्षा निर्धारण समितिले तोकिएको परिक्षा केन्द्र रातरात निर्णय परिवर्तन गरि राधकृष्ण माध्यमिक विद्यालय श्यामशिलाका विद्यार्थीलाई अर्कै केन्द्र पठाउने निर्णय गरिएको भन्दै वन्दको आह्वान गरिएको हो ।
पहिला राधाकृष्ण माध्यमिक विद्यालयमा नियमित तर्फको परिक्षा सञ्चालन गर्नको लागि पाँच ओटा विद्यालयको केन्द्र तोकिएको भए पनि निर्णय परिवर्तन गरि सो विद्यालयमा आंशिक तर्फका सम्पुर्ण विद्यार्थीहरुको परिक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिएको विज्ञप्ती जनाईएको छ ।
रातरात निर्णय परिवर्तन गरिएको भन्दै भोलीबाट लेगुवा –भोजपुर यातयात वन्द गरिने विद्यालय व्यावस्थापन समितिको अध्यक्ष निर वहादुर कार्कीले वताए। यदि सो निर्णय नसच्याएमा अझ शसक्त आन्दोलन गर्ने उनको भनाई छ ।
तर जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा वस व्यावसायी संघले भने आफुरुलाई वन्दको कुनै आधिकारी जानकारी नआएको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले वन्दको कुनै पनि जानकारी नआएको वताए ।