
भोजपुर, १७ फागुन ।
भोजपुर नगरपालिका –७ नयाँ वस पार्क छेउमा जिप र मोटर साईकल एक आपसमा ठोकिएका छन् ।
भोजपुर वसपार्कबाट डाँडागाउँ तर्फ आउदै गरेको को १ ज ३१८६ नम्वरको जिप र डाँडागाउँबाट देउराली तर्फ जादै गरेको को १९ प ८६८ नम्वर मोटर साईकल एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानविय क्षति नभए पछि मोटर साईकल पुर्णरुपमा क्षति ग्रस्त भएको प्रहरीको भनाई छ । जिपलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।