भोजपुर ११ फागुन । भोजपुरको काफ्लेमा खरको कुन्यूँ (घाँस राख्ने माझ)बाट लडेर एक महिलाको मृत्यु भएको छ ।
भोजपुर नगरपालिका -९ काफ्लेमा आफ्नै घर छेउमा रहेको खरको कुन्यूँबाट लडेर ४८ बर्षकी तुलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
फागुन १० गते बेलुका ७ः३० बजे खरको कुन्यूँलाई त्रिपलले छोप्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाई छ । तामाङको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल भोजपुर पठाईएको प्रहरीको भनाई छ ।