भोजपुर, ९ फागुन ।
कर्मचारी नियुक्तीको परिक्षामा अनिमियता भएको भन्दै छानमिन गर्नको लागि जिल्ला प्रसासन कार्यालयमा उजुरी परेको छ ।
राष्ट्रिय पूनः निर्माण प्राधीकरणबाट जिल्ला आयोजना कायन्वर्यन इकाई भुकम्पीय आवास पुननिमार्ण भोजपुरको लागि अस्थायी कर्मचारी नियुतीमा भएको परिक्षा पारदर्शी नभएको भन्दै जिल्ला प्रसासन कार्यालयमा उजुरी दिएको हो ।
लिखित तथा मौखिक परिक्षामा धादली पुर्णसंगै नातावाद कृपावाद भएको भन्दै छानविनको लागि घनवहादुर सुनार , निमा वाङदी शेर्पा सहित ५ जनाले जिल्ला प्रसासनमा निवेदन दिएका हुन् । निवेदकले पुन :परिक्षा गराउन माग गरेका छन् ।
परिक्षाको विषयमा आफ्नो कार्यालयमा उजुरी आएकोले त्यसको विषयमा छानविन हुने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।