भोजपुरको सुरक्षीत मातृत्वमा सुधार, यस्तो छ जिल्लाको अवस्था


भोजपुर ८ फागुन ।
भोजपुर जिल्लामा सुरक्षीत मातृत्व अवस्थामा केहि सुधार भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । भोजपुरमा नियमित गर्भजाँचसंगै स्वस्थ्य सस्थामा आएर प्रशिुत हुने संख्यामा वद्धि भएको हो ।

 

भोजपुर जिल्लाका सम्पुर्ण स्वस्थ्यमा गरि आर्थिक वर्ष ७२/७३ को तुलनामा ७३/७४ मा १ सय ९५ ले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा १३ सय ८३ , २०७२/७३ मा १३ सय १६ र २०७३/७४ मा १५ सय ११ जनाले प्रोटोकल अनुसार ४ पटक गर्भजाच गराएको जिल्ला स्वास्थ्य जनाएको छ । त्यस्तै स्वास्थ्य सस्थामा गर्भवती हुनेको संख्यमा पनि केहि वृद्धि भएको देखिएको छ ।

भोजपुरमा यसको संख्यामा २७ ले वृद्धि भएको हो । जसमा आर्थिक वर्ष २०७१/७२ मा १ हजार २९, २०७२/७३ मा ९ सय ९२ र २०७३/७४ मा १ हजार १९ जनाले स्वास्थ्य सस्थामा प्रशुति गराएको तथ्याङ्कले देखाएको छ ।

 

जिल्लामा सञ्चालिन वर्थिङ्ग मध्ये जिल्ला अस्पतालमा प्रशुति गराउने संख्या आर्थिक वर्ष ७२/७३को तुलनामा ७३/७४ मा ५९ ले घटेको छ भने ओखे्र स्वास्थ्य चौकी र प्राथमिक स्वाथ्य केन्द्र प्याउलीको वर्थिङ्ग सेन्टरमा भने प्रशुति गराउने संख्या निकै राम्रो देखिएको छ ।

 

आर्थिक वर्ष ७२/७३को तुलनामा ७३/७४ ओखे्रमा २० र प्याउलीमा २४ ले वृद्धि भएको छ । जिल्लामा वान हर्ट वाल्र्ड वाइटको सहयोगमा जिल्ला अस्पतालसंगै अन्य वार्थिङ्ग सेन्टरमा विभिन्न खाले सहयोग गरेकोले यो संख्या वृद्धि भएको जनाइएको छ ।

जिल्लाका २८ ओटा वर्थिङ्ग सेन्टरमा वान हर्टले जिल्ला स्वास्थ्य कार्यालयसंग सन्वय गरेर काम गरेकाले जिल्लाको सुरक्षीत मातृत्वको अवस्थामा केहि सुधार आएको वान हटका जिल्ला संयोजक रविन जोसीले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार