निन्द्रामा घुर्नेलाई हुनसक्छ, यस्तो समस्या..


आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी । आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी । तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ । गंभिर हुनुपर्ने बिषय के भने, घुर्ने बानी आफैमा समस्या हो ।

र, त्यसले अन्य रोगहरुको संकेत गरिरहेको हुन्छ ।अब्सट्रक्टिभ स्लीप एप्निया पनि यस्तै समस्या हो । यसमा निद्रा लिइरहँदा व्यक्तिको नाकमा हावाको वहाव कम हुन्छ । यही कारणले सुतेको बेला नाकबाट आवाज आउँछ ।

के हो अब्स्ट्रक्टिभ स्लीप एप्निया ? अब्स्ट्रक्टिभ स्लीप एप्निया यस्तो रोग हो जसको सम्वन्ध निद्रा र सास दुवैसँग हुन्छ । यस रोगमा जब हामी सुत्छौं, नाक र मुखको माथिल्लो हिस्सामा हावा भरिन्छ । यसले गर्दा नाकको केही हिस्सा वा पुरै नाक जाम हुन सक्छ ।

त्यसपछि मुखबाट सास फेर्न थालिन्छ । यता, हावाको दवावले गर्दा नाकबाट आवाज आउन थाल्छ । धेरै व्यक्तिहरु निद्रामा घुर्दा उनीहरुको पूरा वा आधा मुख खुल्ला हुनुको कारण यही हो । यस रोगका कारण फोक्सोबाट हावा बाहिर निकाल्न बढि मिहिनेत गर्नुपर्छ । यो एउटा खतरनाक बिमारी हो किनकी यसले गर्दा कहिलेकाहीँ सास रोकिन र व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

रोगका लक्षण :निदाएको बेला चर्को घुराईनिद्रामा बेचैनी महसुस निदाएको बेला उकुसमुकुस हुनु वा सास फेर्न अवरोध पुग्नु, निदाएको बेला पसीना आउनु र छाति दुख्नु,

अब्सट्रक्टिभ स्लीप एप्नियाका कारण : यो रोगका कयौं कारण हुन सक्छन् । बढि वजन भएको कारण वा मोटोपनाले गर्दा घाँटीको आकार बढ्छ भने नाक, मुख, र घाँटीको भित्री भागको आकार घट्छ । त्यसैले यो समस्या उत्पन्न हुन सक्छ ।
कहिलेकाहीँ टन्सिल बढेर पनि यो रोग लाग्न सक्छ । घाँटीमा सासको नली नजिकै यदि आवश्यकताभन्दा बढि कोशिका निस्केका छन् भने पनि यो समस्या हुन्छ । सामान्य भन्दा बढि लामो जिभ्रो हुनुले पनि यो समस्या निम्त्याउन सक्छ ।

यसका अलावा यस रोगका अन्य कारणमा अल्कोहलको सेवन, लगातार निद्राको औषधि लिनु र धुम्रपान पनि हुन् ।यस रोगको उपचार सम्भव छ । यदि सामान्य कारणले भएको हो भने केही औषधि र खानामा परहेज गरेर निको हुन सकिन्छ । यदि असामान्य कारण छ, भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार