भोजपुर, ४ फागुन ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका –६, केउरेनीपानीको गहतेमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।
शुक्रवार दिउँसो करिव २ः ३० वजे स्थानियले भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेको प्रहरीको भनाई छ ।
सालनाल सहित फेला परेको शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर संजिव ओलीले जानकारी दिए । वच्चा जन्माएर फाल्ने आमाको खोजी भईरहेको इन्सपेक्टर ओलीको भनाई छ ।
फेला परेको शिशु छोरा रहेको प्रहरीको भनाई छ । शिशुको अहिले उद्धार गरिएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।